मंलबार कतिमा हुँदैछ सुनचाँदीको करोबार ?
वि.सं.२०८० फागुन १५ मंगलवार ११:३७
4.28K
shares
shares

काठमाडौं, १५ फागुन । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको पनि सुन सोही मूलयमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबार चाँदी एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

















