जीवन विकास लघुवित्त ५औँ वाषिक उत्सवको अवसरमा बजार सरसफाई
वि.सं.२०८० फागुन १६ बुधवार १५:५६
shares

काठमाडौं, १६ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ५ औँ वाषिक उत्सवको अवसरमा गाविन्दपुर बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
एन्जल फाउण्डेसन उर्लाबारी, संघर्षशिल युवा क्लब रतुवामाई नगरपालिका, मोरङ र थ्रि जिरो क्लब रतुवामाईसँग मिलेर उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा रतुवामाई–५ का वडा अध्यक्ष सोमनाथ कार्कीसहित अन्य सदस्य र कर्मचारी, जीवन विकास मोरंग प्रमुख सन्तोष काकी, थ्रि जिरो क्लबका प्रतिनिधि, एन्जल फाउन्डेसका कर्मचारी र पदाधिकारी, संघर्पशिल युवा क्लबका पदाधिकारी, श्री मा. वि. गोविन्दपुरका विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विध्यार्थी र स्थानिय सहित ७० जनाको उपस्थिति भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको २४ वटा जिल्लामा रहेको १६० वटा शाखा कार्यालयहरुले जम्मा १६३ वटा सामाजीक कार्य गरि बार्षीक उत्सभ मनाएका हुन । कार्यक्रमामा संस्थाले १० थान डस्टविन वडा कार्यलयलाई प्रदान गरेको थियो ।



















