Dhulikhel Eco Banner new

क्रसवोर्डर भुक्तानी सेवा सुरु गर्दै सिटिजन्स बैंकले रच्यो इतिहास

10.69K
shares

काठमाडौं, १६ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारती यएपमार्फत भुक्तनीगर्न सकिने बैंकले बताएको छ ।

हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोन पे क्यूआर मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकको भनाई छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्गप्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको १९० वटा शाखा, १५२ एटिएम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमा १७ लाख २६ हजार ग्राहक रहेका छन् ।