भ्रममा नपर्नु ८१ सालमा बैंक बिदा ३७ दिन मात्र होईन, ४५ दिन हो !
वि.सं.२०८० फागुन १८ शुक्रवार १७:२३
shares

काठमाडौं, १८ फागुन । शुक्रबार नेपाल राष्ट्र बैंकले शनिबार बाहेक बैंकमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक गर्यो । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचीमा १७ प्रकारका बैंक बिदा समावेस गरिएको छ ।
उक्त बिदालाई कतिपय सञ्चार माध्यमहरुले २७ दिन बैंक बिदा भनेर समेत समाचार प्रसारण गरेको देखिन्छ । तर, राष्ट्र बैंकले भने स्प्रस्ट तरिकाले बैंक बिदा लेखिदिएको छ ।
विभागले सुक्रबार सार्वजनिक गरेको बिदाको सूचीमा ४५ दिन बिदा रहेको छ । अधिकांस सञ्चार माध्यमले ‘१४’ नम्बरमा भएको दशैं बिदा र ‘१५’ नम्बरमा भएको तिहार बिदालाई १/१ बिदा मात्र गनेको देखिन्छ । त्यसले गर्दा ३७ दिन मात्र बिदा हुन पुग्छ ।
तर, राष्ट्र बैंकले दशैं र तिहारमा भने ५/५ दिन गरेर जम्मा १० दिन बिदा दिएको छ । विभागले सार्वजनिक गरेको बाहेक सरकारले सार्वजनिक बिदा घोषणा गरेमा सो दिन बैंक बिदा हुने तर नगद भुक्तानी, इसिसि, राष्ट्र ऋण व्यवस्थापनलगायतका अत्याआवश्कय बैंकिङ सेवा भने न्यूनतम कर्मचारी राखेर विहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म सेवा दिनुपर्ने राष्ट्र बैंकले भनेको छ ।
प्रदेश सरकारले घोषणा गरेको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा मात्र प्रदेश कार्यालयमा बिदा रहेने राष्ट्र बैंकले बताएको छ । उपत्यकाका ३ जिल्ला र अन्य प्रदेशमा गृह मन्त्रालयको निर्णय बमोजिम बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।
८१ सालको बैशाख देखि कार्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि बेलुका ४ बजेसम्म बैंकिङ कारोबार गर्ने पाइने छ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म कारोबार गर्ने पाईने छ । शुक्रबार १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म कारोबार गर्ने पाईने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कार्यलय समय पनि तोकेको छ । ८१ सालको बैशाख देखि कार्तिक १५ सम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म तोकोको छ ।
त्यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको र प्रत्यक शुक्रबार १० देखि १ बजेसम्म कार्यलय समय हुने राष्ट्र बैंकले भनेको छ ।



















