Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

3.81K
shares

काठमाडौं, २९ फागुन । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर बिक्रीमा रहेको छ । बैंकको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

उक्त शेयर पहिलो चरणमा हाल कम्पनीका संस्थापक शेयर धनीले मात्र किन्न पाउने छन् भने संस्थापक शेयर धनीले उक्त शेयर खरिद नगरेमा सर्वसाधरणको लागि खुल्ला गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात प्रमाण संलग्न गरी आफूले लिन चाहेको कित्ता संख्या खुलाई सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालयमा वा शेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा आवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ ।