GBIME

आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

528
shares

पोखरा, ४ चैत । पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । राजधानीको औपचारिक घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् ।
प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् । उनले आज आज दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रममा राजधानीको औपचारिक घोषणा गर्ने भएका हुन् ।

कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको ¥याली निकालिने बताइएको छ ।

कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहने छ ।