Dhulikhel Eco Banner new

‘बैंक तथा वित्तीय संस्थाले ग्राहकको विश्वास जित्न नसके आफुसँग भएको सुनको पनि केही अर्थ हुँदैन’

3.54K
shares

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाको सबैभन्दा ठूलो सम्पती भनेको आफ्नो ग्राहक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गभर्नर अधिकारीले राष्ट्रिय बाणिज्य बैंकले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट–२०२४) लाई सम्बोधन गर्दै यस्तोब ताएका हुन् ।

‘एउटा बैंक तथा वित्तीय संस्थाको लागि सबैभन्दा ठूलो सम्पती भनेको उसको ग्राहक हो’, गभर्नर अधिकारीले भने, ‘बैंकसँग भएको सुनको पनि केही अर्थ हुँदैन जुन दिन तपाईलाई ग्राहकाले विश्वास गर्नु हुँदैन ।’

त्यसले गर्दा बैंक तथा वित्तीय संस्थाले गर्नु दैनिक कामकारबाही ग्राहको मन जित्ने खालको हुँनुपर्ने अधिकारीको भनाई थियो । ‘हाम्रा साना खराब कामले पनि पुरा संस्थालाई असर पार्छ’, अधिकारीले भने, ‘यहाँले कतिपय घट्नाक्रम यहाँ भन्दा अगाडि देखिसक्नु भएको छ ।’

बैंक तथा वित्तीय संस्था जनताको बचतको संरक्षण भएकाले त्यो कुरा ख्याल गर्नु पर्ने अधिकारीको भनाई छ । जनताको विश्वास जित्न नसके राष्ट्र बैंकमा भएको र आफुसँग भएको निक्षप र लगनी गरेको रकम पनि केही काम नहुने अधिकारीको भनाई थियो ।