GBIME

रेखा थापाको उपहार : फिल्म होइन व्यापारिक विज्ञापन हो

3.46K
shares

चर्चित अभिनेत्री रेखा थापाको चलचित्र उपहार यतिबेला चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । अमेरिका उड्नु अघि रेखा थापाले आफ्नो चलचित्रको बारेमा निकै चर्चा गरिन् । चलचित्र प्रदर्शन अघि राम्रै चर्चा पाएको उपहार कस्तो रहेछ त ? चावाहिल केएल टावरमा पुगेर उक्त फिल्म हेरेपछि केही लेख्न मन लाग्यो ।

हुनत, उपहार शब्द नै कति राम्रो छ । तर, सबै उपहार राम्रो हुँदैन । कसैले राम्रै सोचेर दिएको उपहार पनि ग्रहण गर्नेका लागि नराम्रो भइदिन्छ । खैर, उपहार उपहार नै हो । केही समय अघि सामाजिक सञ्जालमा एउटा भाइरल भिडियोको याद आयो । कुनै एउटा भव्य होटल वा बैंक्वेटमा भव्य विवाह समारोह चलिरहेको हुन्छ । बेहुला बेहुलीलाई लाइन लागेर बधाई दिइरहेका हुन्छन् ।

लाइनमा एउटा युवा देखिन्छन् । हसिलो चेहरा, कोट पाइन्टमा चटक्क सजिएको ति युवाको हातमा उपहार पनि भव्य हुन्छ । निकै आकर्षक प्याकेटमा प्याक गरिएको उक्त उपहारमा अरुको पनि आँखा जान्छ । ति युवा बेहुलाको छेउमै पुग्छन् । बेहुला उठेर अंकमाल गर्छन । यो दृश्य देखिसके पछि बेहुला र ति युवा साथी हुन् भन्ने बुझिन्छ । हातमा बोकेको निकै आकर्षक उपहार उनले बेहुलालाई सुम्पन्छन् ।

पहिले विज्ञापन भन्ने वित्तिकै चिनिन्थ्यो । तर, अहिले त विज्ञापन भन्ने कुरा सजिलै चिन्न नसकुन भनेर रेखा थापाले ‘उपहार’ नामको फिल्म बनाएकी छिन् । उपहार फिल्म, फिल्म होइन यो त सिद्धार्थ बैंकको विज्ञापन हो । यो चिया घरको प्रचारका लागि बनाइएको भिडियो डकुमेन्ट्री हो । होम डेकोरको व्यापार बढाउन र अम्बे रेसिडेन्सका अपार्टमेन्ट विक्री गर्नका लागि बनाइएको भिडियो प्रचार सामाग्री हो भन्दा फरक नपर्ला ।

उपहार दिदै उनले अहिल्यै उपहार बक्स खोल्न अनुरोध समेत गर्छन । सबैको आँखा ति युवाले दिएको उपहारमा पुग्छ । ठूलो कार्टुनमा निकै राम्रो पेपरले प्याक गरिएको उपहार आखिर के रैछ ? सबैले ध्यान दिएर हेर्छन । बेहुलाले उपहारको प्याकेट खोल्न सुरु गर्छन । क्यामेराले प्याकेटमा फोकस गर्छ । चारपत्र खोलेपछि उपहार देखिन्छ, सबै छक्क पर्छन । प्याकेटमा लेखिएको ‘प्यान्थर’ भन्ने शब्द पढेर बेहुला लाजले भुतुक्कै हुन्छन् । त्यसपछि ‘मोए…मोए…’ भन्ने गित बज्छ । हास्दा हास्दै भिडियो सकिन्छ ।

हुन त, उपहार हो । जेभए पनि ठिकै छ नि भन्ने होला । अथवा, के यस्तो उपहार ल्याएको भनेर गाली गर्ने ? हो रेखा थापाको चलचित्र पनि यस्तै छ । यस चलचित्रमा मूख्य पात्रको रुपमा रेखा थापा (मुना) छिन् । सानैदेखि चिया बेच्न सुरु गरेकी मुनाले पछि भव्य चिया घर खोल्छिन् ।

उनको चियाघर भएको जग्गा नै सार्वजनिक जग्गामा हुन्छ । महानगरले चियाघर भत्काइदिन्छ । पछि उनका साथीहरुले नयाँ चियाघर बनाइदिन्छन् । यत्ति हो कथा खासमा । बिचमा भएका अन्य विषयवस्तु खास हेरौँ, हेरौँ लाग्ने छैनन् । वाह ! चलचित्र भनेर प्रशंसा गर्नका लागि कुनै त्यस्तो छैन ।

कथाको सुरुवात नै विज्ञापन

पहिले विज्ञापन भन्ने वित्तिकै चिनिन्थ्यो । तर, अहिले त विज्ञापन भन्ने कुरा सजिलै चिन्न नसकुन भनेर रेखा थापाले ‘उपहार’ नामको फिल्म बनाएकी छिन् । उपहार फिल्म, फिल्म होइन यो त सिद्धार्थ बैंकको विज्ञापन हो । यो चिया घरको प्रचारका लागि बनाइएको भिडियो डकुमेन्ट्री हो । होम डेकोरको व्यापार बढाउन र अम्बे रेसिडेन्सका अपार्टमेन्ट विक्री गर्नका लागि बनाइएको भिडियो प्रचार सामाग्री हो भन्दा फरक नपर्ला ।

फिल्म भनिएको ‘उपहार’ को सुरुमै सिद्धार्थ बैंकको विज्ञापनबाट कथा सुरु हुन्छ । सुरुमा मात्रै होइन चलचित्र अवधिभर सिद्धार्थ बैंकको कथा छ । चलचित्रकी प्रमुख पात्र मुना सिद्धार्थ बैंकमा ऋण लिन जान्छिन् । ऋण विभागको प्रमुखले साह्रै राम्रो व्यवहार गर्छिन ।

पछि रेखा थापा समस्यामा पर्छिन । समस्यामा पर्दा पनि सिद्धार्थ बैंकले असल ऋणीलाई निकै राम्रो व्यवहार गर्छ भन्ने फिल्मको कथामा देखाएको छ । अर्थात, सिद्धार्थ बैंकले सहजै ऋण दिन्छ, काउन्टरमा चेक साट्न आएका मान्छेलाई निकै राम्रो व्यवहार गर्छ, ऋण लिएर नियमित तिर्नेलाई सिद्धार्थ बैंकले अप्ठ्यारो पर्दा सहयोग गर्छ । हो यस्तै यस्तै विज्ञापनहरु फिल्मको पूरा अवधिभर हेर्न पाइन्छ ।

सिद्धार्थ बैंकपछि धेरै विज्ञापन गरिएको चिया घर र होम डेकोरको हो । काठमाडौंमा रहेको चियाघरको व्यापक विज्ञापन गरिएको छ । होम डेकोरको सुविधाहरु केके छन् भनेर फिल्ममा निकै चर्चा गरिएको छ । उता अम्बे रेसिडेन्स नाम गरेको अपार्टमेन्टको पनि व्यापकै विज्ञापन गरिएको छ । फिल्म पूरा हेरिसकेपछि तपाईलाई लाग्छ, अहिले आर्थिक संकटका बेला व्यापारिक हाउसले विज्ञापन गर्ने नयाँ तरिका अपनाएछन् ।

अन्य पाटो

विज्ञापन नै विज्ञापन भए पनि अभिनय भने उपहारमा राम्रै हेर्न पाइन्छ । चलचित्रमा सबैभन्दा दमदार अभिनय नायिक बेनिशा हमालको छ । उनले चलचित्रमा आफ्नो अभिनय कला राम्रै देखाएकी छिन् । अर्की नायिका पुजा शर्माको अभिनय पनि दमदार नै छ । मूख्य भूमिकामा रहेकी रेखा थापाको अभिनय भने खास देख्न पाइदैन ।

विज्ञापनबाटै राम्रै रकम असुल गरेर उनी अभिनय भन्दा पनि अन्तै भावुक पाएको चलचित्रमा देख्न सकिन्छ । चलचित्रको आधासम्म त चलचित्र हो भन्ने पनि लाग्दैन । पूरापुर विज्ञापन र निकै पट्यार लाग्दो तरिकाले हलभित्र बस्नुपर्नेछ । चलचित्रको मध्यान्तर हुनु अगाडि चलचित्रमा पुजा शर्मा र बेनिशा हमालबीच भएको झगडाको एउटा सिन भने हेर्न लायक छ । त्यसले दर्शकहरुलाई राम्रै मनोरञ्जन दिन्छ । त्यस अगाडिका सिनहरु भने दिग्दारी लाग्दामात्रै छैनन्, हलभित्रै निद्रा पुर्याउदा पनि हुने खालका छन् ।

यो फिल्म किन हेर्ने ?

रेखा थापाले बनाएकै भएका कारण यो चलचित्र हेरौँ भन्ने तपाईलाई लाग्न सक्छ । तर चलचित्रले खास सन्देश दिएको छैन । पुरानो सोचले ग्रसित कथा बनेको छ । हिरो र हिरोइट गफ गरेको ठाउँमा गुण्डाले आक्रामण गरेका पुराना फिल्महरुमा हेर्न पाइने कुरा यो फिल्ममा पनि हेर्न पाइन्छ । नयाँ होइन, पुरानै सोचलेल ग्रसित कथा चलचित्रमा छ ।

मनोरञ्जनका लागि यो चलचित्र हेर्न जान लाग्नु हुँदैछ भने तपाई निराश भएर फर्कनु हुनेछ । यहाँ भरपुर मनोरञ्जन गराउने खास त्यस्तो केही छैन । पुराना चलचित्रमै तपाई हामीले देख्दै आएका धेरै कुराहरु यहाँ दोहोर्याएको छ ।

फिल्म किन बनाइन्छ ? पक्कै पनि पैसा कमाउनका लागि फिल्म बनाइएको हुन्छ । विज्ञापनबाटै राम्रो रकम असुली गरिएको छ भन्ने कुरा फिल्मको कथाबाट बुझ्न सकिन्छ । यसअर्थमा यो फिल्मलाई सफल नै मान्नु पर्छ । किनकी, फिल्म चल्नु अगावै राम्रो पैसा कमाएको छ । बाँकी यो फिल्म हेरेर वाह ! भन्नका लागि भने मैले कुनै त्यस्तो ठाउँ भेटिनँ ।

फिल्म हेर्नका लागि तपाईले अढाई घण्टाको समय बर्वादी, पैसाको बेतलव र कसैको स्वार्थका लागि बनाइएको विज्ञापनलाई फिल्म भनेर हेरिदिनु पर्ने बाध्यताबाहेक केही छैन । देखेको यथार्थ कुरा सबैलाई चित्त बुझ्छ भन्ने छैन । केही कमजोरी भए, माफी चाहान्छु ।

– रोयल आचार्य
उपहारको दर्शक