GBIME

८ महीनामा लघु जीवन कम्पनीले ५ करोड ८९ लाख बीमाशुल्क आर्जन

612
shares

काठमाडौं, १३ चैत । चालु आर्थिक वर्षको ८ महीनामा ३ वटा लघु जीवन बीमा कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार उनीहरुको सक्रिय बीमालेख संख्या २७ हजार २४७ ओटा रहेको छ ।

सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले व्यवसाय गरेको छ भने सबैभन्दा कम लिबर्टी माइक्रो लाइफले व्यवसाय गरेको प्राधिकरको तथ्यांकले देखाउछ । क्रेष्ट माइक्रो लाइफले १६ हजार ४८ वटा बीमालेख जारी गरेर ३ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ वटा बीमालेख जारी गरि १ करोड ५९ लाख र लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ वटा बीमालेख जारी गरि ६९ लाख ३७ हजार बीमाशुल्क आर्जन गरेको देखिएको छ ।