Dhulikhel Eco Banner new

धनुसामा सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

3.95K
shares

काठमाडौं, १६ जेठ । धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय गणेश महतो, वडा नं ५ का ४० वर्षीय जयकुमार यादव र भारतको विहार घर भएका क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय धर्मेन्द्र पटेल र क्षीरेश्वरनाथ नगरपालिका–६ का ३५ वर्षीय सिकिन्द्र सासुडी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ ।

घटनामा संलग्न भनिएका अझै एकजना फरार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जबरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले जबरजस्ती करणीको आरोपमा उनीहरुमाथि इलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेका थियो ।

आरोपितमध्ये चारजना आइतबार पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य एकजना संलग्न रहेको पीडित पक्षको दावी छ