इटहरीमा मोवाईल पसल चोरी गर्ने २ को पहिचान खुल्यो
वि.सं.२०७९ जेठ १६ सोमवार १३:०४
shares

काठमाडौं, १६ जेठ । गयराति इटहरी ९ विराटनगर लाईनको मोवाईपसल चारीगर्ने २ जनाको पहिचान भएको छ ।
२ जनाको पहिचान भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले केटिएम भ्वाइसलाई जानकारी दिएका छन् ।
उनले केटिएम भ्वाइससँग भने, ‘हिजो पसल चारी भएको हो, २ जनाको पहिचान भैसकेको छ, ५, ७ वटा मोवाईल चारी भएको हुन सक्छ ।’
पहिचान भएका व्यक्तिको खोजि कार्य जारी रहेकाले सम्पुर्ण विवण दिन नमिल्ने प्रहरीको भनाई छ ।
पसलका सञ्चालक खड्ग श्रेष्ठले १५ वटा मोबाइल सेट चोरी भएको दावी गरेका छन् । पसलको सिसिटिभी फुटेजमा २ जनाले पसलको ढोका फुटाएर मोबाइल चोरी गरेको स्पष्ट देखिएको श्रेष्ठको भनाई छ ।

















