‘आयात कम गर्ने भनेको राजस्व कम गर्ने होइन’
वि.सं.२०७९ जेठ १६ सोमवार १९:४९
4.45K
shares
shares

काठमाडौं, १६ जेठ । आयात कम गर्ने भनेको राजस्व कम गर्ने नभएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
उनले सोमबार अर्थमन्त्रालयमा गरिएको पत्रकार सम्वेलनलाई सम्वोधन गर्दौ उक्त कुरा बताएका हुन् । शर्माले आयतबाट उठेको राजस्वलाई घटाएर आन्तरीक राजस्व बढाउने नीति लिएको बताएका छन् ।
शर्माले अर्थतन्त्रको विषयमा बोल्दै भने, ‘आयात कम गर्ने भनेको राजस्व कम गर्ने भनेको होईन, हामीले उद्योग, धन्दा उत्पान गरौँ भने त्योसले समेत राजस्व बृद्धि हुन्छ भनेको हो, हाम्रो आयतबाट ४७ प्रतिशत राजस्वलाई घटाउने हो र आन्तरिक राजस्व बढाउने हो ।’


















