सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ जेठ १७ मंगलवार १०:२५
5.06K
shares
shares

काठमाडौं, १७ जेठ । सेन्ट्रल फाइनान्स लिमिटेडले १ लाख ४४ लाख ४९० कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले विभिन्न १२ संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक सदस्यहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।


















