बैंकमा पैसा राख्ने सोच्नु भएको छ ? हेर्नुस् कुन बैंकको ब्याजदर कति छ
वि.सं.२०८१ वैशाख २ आइतवार ०८:४६
shares

काठमाडौं, २ वैशाख । के तपाईले बैंकमा गएर फिस्कमा पैसा डिपोजिट गर्ने सोच्नु भएको छ ? यदि छ भने तपाईले ब्याजदर हेरेर निर्णय लिन सक्नु हुनेछ । केही महिना अघिसम्म मुद्दति निक्षेपमा निकै आकर्षक ब्याजदर थियो । तर, पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् ।
२०८१ सालको पहिलो महिना वैशाखामा नै पनि ‘क’ वर्गका बैंकहरुलेनिक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २ वटा क वर्गका बैंकले ब्याज बढाउदा ५ व टाले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी १३ वटाले घटाएका छन् ।
बैंकहरुले हरेक महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । कर्जाको ब्याजदर भने बेस रेट घटबढका आधारमा त्रैमासिक रुपमा घटबढ हुन्छ ।
तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?
| बैंकको नाम | वैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर |
| कृषि विकास | ५.६६ |
| एभरेष्ट | ७ |
| नेपाल | ६.७५ |
| लक्ष्मी सनराइज | ७ |
| माछापुच्छ्रे | ७.२५ |
| एनआईसी एसिया | ७.७५ |
| प्रभु | ७ |
| स्टान्डर्ड चार्टर्ड | ७ |
| राष्ट्रिय वाणिज्य | ६.५५ |
| नबिल | ७.२५ |
| ग्लोबल आईएमई | ७ |
| सिद्धार्थ | ७.२५ |
| प्राइम कमर्सियल | ७.१० |
| कुमारी | ७.११ |
| सानिमा | ७.१० |
| हिमालयन | ७.५ |
| नेपाल एसबीआई | ६.५३ |
| नेपाल इन्भेष्टमेन्ट | ७ |
| एनएमबी | ७.९७ |
| सिटिजन्स | ७.५ |
| औसत | ७.०६ |



















