Dhulikhel Eco Banner new

करिब १५ अंकले घटेर नेप्से परिसूचक २ हजार तल

3.91K
shares

काठमाडौं, ४ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले घटेको हो ।

१४.८१ अंकले घटेसँगै नेप्से परिसूचक १ हजार ९ सय ९१ दशमलव ७१ अंकमा झरेको छ । मंगलबार कारोबार रकममा पनि उत्साह देखिएको छ । दिनभर भएका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँको कारोबार भएको छ ।