Dhulikhel Eco Banner new

बजेटले रेष्टुरेण्ट व्यवसायलाई उपेक्षा गर्यो, हाम्रो घोर आपत्ति छ : अध्यक्ष राजभण्डारी

6.51K
shares

काठमाडौं, १७ जेठ । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले रेष्टुरेन्ट व्यवसायलाई सम्बोधन गर्न नसकेको भन्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) अध्यक्ष अरनिको राजभण्डारीले आपत्ति जनाएका छन् । कोरोनाका कारण समस्याग्रस्त रेष्टुरेन्ट व्यवसायलाई सरकारले कुनै पनि सम्बोधन गर्न नसकेको अध्यक्ष राजभण्डारीले बताए ।

बजेटमा पार्टी प्यालेस, ट्राभल्स, ट्रेकिङ, होटल व्यवसायलाई आयकरमा ५० प्रतिशत छुट दिने बताइएको भए पनि रेष्टुरेन्ट व्यवसायलाई सम्बोधन गर्न नसकको भन्दै उनले बजेटको स्वागत गर्न नसक्ने बताए ।

‘यसमा हाम्रो घोर आपति छ, अरु सबै क्षेत्रका लागि छुट दिने भनिएको छ, तर रेष्टुरेन्ट व्यवसायलाई फरक व्यवहार गरियो,’ उनले भने, ‘के रेष्टुरेन्ट व्यवसाय बन्द थिएन र ? के यो क्षेत्रले घरवहाल तिर्नु पर्दैन ? तर पनि सरकारले हामीलाई अन्यभन्दा फरक व्यवहार ग¥यो यसमा हाम्रो घोर आपत्ति छ ।’

कोरोनाले सबै क्षेत्रलाई समस्या पारेको थियो । रेष्टुरेन्ट व्यवसाय कोरोनाको समयमा पुरै बन्द नै थियो । तर बजेटमा यो क्षेत्रका बारेमा कुनै पनि सम्बोधन नभएको भन्दै अध्यक्ष भण्डारीले गुनासो गरे ।

‘होटल तथा रेष्टुरेन्ट भनेर आउनु पर्ने तर आउन नसकेको उनको भनाई छ । सरकारले जानीजानी यस्तो गरेको हो, सरकारले आफैले बुझेर दिनु पर्ने तर यहाँत लुझेर लिनु पर्ने जस्तो देखियो,’ अध्यक्ष राजभण्डारीले भने ।