बजेटले केही मान्छेका योजना मात्र समेट्यो : अध्यक्ष ढकाल
वि.सं.२०७९ जेठ १८ बुधवार १४:२१
shares

काठमाडौं, १८ जेठ । चालु आर्थिक वर्ष २०७९।८० मा ल्याएको बजेटमा केही मानिसले पहुँच पुर्याएर ल्याएको कुरालाई मात्र समेटेको व्यवसायीको आरोप छ ।
उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिका राज ढकालले कसैको महुँचका आधारमा बजेट बनेको आरोप लगाएका छन् ।
उनले केटिएम भ्वाइससँगको कुराकानीमा भने, ‘कुनै व्यवसायीको पहुँचका आधामा बजेटमा आएका कुरालाई केही व्यक्तिहरुले स्वागत गर्नु भएको छ, समग्र व्यवसायीलाई हित हुने भन्दा आफ्नो कुरा परेकोमा स्वागत गरेको देखिन्छ ।’
ढकालका अनुसार बजेट एक ठाउँमा केन्द्रित नभई धेरै ठाउँमा छरिएको उनको भनाई छ । आयात रोकेर सरकारले राजस्व उठाउने लक्ष्य पुरा हुन नसक्ने उनको दावी छ ।
उनी भन्छन्, ‘सरकारले आयात रोकेको छ, लगानी बन्द छ, राजस्व कहाँबाट उठ्ने हो ?, १२ खर्ब राजस्व उठाएर लगानी गर्ने होला, त्यो नउठी त लगानी हुँदैन होला, मनिसले ऋण, अनुदान, टेन्डर लागेर काम गरेकाले समेत पैसा नपाएको अवस्था छ ।’
ढकाल अगाडी थप्छन्, ‘विकासमा बजेट छुट्याएको छ, त्यो पुग्छ पुग्दैन, कर्मचारीको तलव बढाएको धान्न सकिन्छ सकिन्दैन ?, आउँदै गरेको चुनावलाई पैसा पुग्छ पुग्दैन?, यो सरकारको चुनौतिको कुरा हो ।’
समग्रमा बजेट सवै क्षेत्रमा छरिएकाले त्यो सवै लक्ष्यमा सरकार पुग्न नसक्ने उनको तर्क रहेको छ । आयात रोकिएकाले राजस्व कम उठ्ने र सरकारले भनेको जसरी बजेट कार्यान्वयन गर्ने नसक्ने ढकालको भनाई छ ।















