Dhulikhel Eco Banner new

रिलायबल नेपाल लाइफको जेठ २५ गते साधारणसभा

5.06K
shares

काठमाडौं, १९ जेठ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो ।

साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।