Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकले पायो ऋणपत्र निष्कासनका लागि अनुमति

5.3K
shares

काठमाडौं, १९ जेठ । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । अब बैंकले केही दिनमै ऋणपत्र निष्काशन गर्ने छ ।

बैंकले बोर्ड पुगेको २८ दिनमै ऋणपत्र निष्कासन अनुमति पाएको हो । बैंकले गत बैशाख २२ गते ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

बैंकले अब छिट्टै ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निस्कासन गर्ने छ। यसको अंकित मूल्य प्रति कित्ता एक हजार रुपैयाँ हुनेछ ।

बोर्डका अनुसार बैंकले ५ वर्षका लागि ’प्राइम ऋणपत्र २०८४’ नामक ऋणपत्र जारी गर्ने छ ।

बैंकले ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट ३० लाख कित्ता बिक्री गर्ने छ भने सर्वसाधरणका लागि २० लाख कित्ता छुट्याएको छ। ऋणपत्रको वार्षिक ब्याजदर १०.१५ प्रतिशत छ। यसको बिक्री प्रबनधकमा सानिमा क्यापिटल छ ।