Dhulikhel Eco Banner new

नेपाल फाइलान्सको नयाँ शाखा विस्तार

5.21K
shares

काठमाडौं, १९ जेठ । नेपाल फाइनान्स लिमिटेडको १२ औं शाखा गोरखाको पालुङटारमा संचालनमा आएको छ ।

विहीबार एक कार्यक्रमका बिच नेपाल फाइनान्स लिमिटेडका सञ्चालक दिप्रश शाक्यले शाखाको उद्घाटन गरेका हुन ।

नेपाल फाइनान्स लिमिटेडले देश भर शाखा विस्तार गर्ने क्रममा पालुङटारमा पनि यो ब्रान्च खोलेको नेपाल फाइनान्स लिमिटेडका ब्रान्च म्यानेजर सुदिप रिसालले बताए ।

फाइनान्सले घरेलुु तथा साना उद्योगहरुमा लगानि गर्नका लागि अलिकति दुर्गम क्षेत्रमा पनि काम गर्न लागेको रिसालले जानकारी दिए ।

नेपाल फाइनान्स लिमिटेडको गोरखा सहित ९ जिल्लामा शाखा बिस्तार गरिसकेको छ ।

कार्यक्रममा पालुङटारका पुर्व मेयर दिपक बाबू कंडेल स्थानिय बैंकका कर्मचारीहरु, स्थानिय राजनितीक दलका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियोे ।