Dhulikhel Eco Banner new

आर्थिक सर्वेक्षण पेस गर्न बागमती प्रदेश सभा बैठक बस्दै

3.81K
shares

काठमाडौं, ३२ जेठ । बागमती प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची रहेको प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

यस्तै, प्रदेश सभा बैठकअघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रवक्ता गुप्ताले बताए । बैठकले प्रदेश सरकारका तर्फबाट असार १ गते संसदमा पेस गर्ने बजेट र बजेटमाथि संशोधन तथा छलफल गर्ने कार्यसूी तय गर्ने उनले जानकारी दिए ।

बजेट प्रस्तुत गर्न प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिसकेका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।