Dhulikhel Eco Banner new

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी

3.42K
shares

काठमाडौं, २ असार । जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् ।

वर्षौंदेखि प्रसूति सेवा लिन महिला ६ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।

शनिबार महोत्तरी–३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको बर्षाै को माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताए।

यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उनले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यन्त्र जाने बाध्यता अन्त्य भएको जानकारी दिए। अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु  पाँच हजार एक सयका दरले उपहार दिने घोषणा गरे ।

उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भजाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ रहेको छ।