Dhulikhel Eco Banner new

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुदै

4.02K
shares

काठमाडौं, १९ असार । मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा सहभागिताहरुले खुल्ला र विद्यार्थी वर्गमा निशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।  विजेताहरुले ५० हजार बराबर को नगद पुरस्कारपनि प्राप्त गर्नेछन्।

आज काठमाडौंमा आयोजना भएको एक समारोहमा मिरा राइले युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले  गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्ने पर्नेमा जोड दिए ।

समारोहमा उपस्थित अन्य वक्ताहरूले यस्ता महत्वपूर्ण कार्यक्रमहरु हरेक टोल समाजले अयोजना गर्न पर्ने र सरकारले पनि यस्ता विकृतिहरुलाई निर्मुल पार्नको लागि राष्ट्रिय स्तरको जनचेतना कार्यक्रमहरु गर्न पर्नेमा जोड दिए ।