हालसम्मकै उच्च सुनको मूल्य
वि.सं.२०८१ असार ३१ सोमवार ११:०७
3.46K
shares
shares

काठमाडौं, ३१ असार । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।



















