Dhulikhel Eco Banner new

सूर्यबिनायक कपास उद्योगमा बाढीका कारण १० लाखको क्षति

2.78K
shares

काठमाडौं, १६ साउन । गएराति पौने ३ बजेतिर भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ ।

राति ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा बाढी पसेको हो । बाढीका कारण उद्योगमा रहेको कपास, सिरक र डस्ना डुब्दा करिब १० लाखको क्षति भएको छ ।