Dhulikhel Eco Banner new

तोलामा १ हजार ८ सयले बढ्यो सुनको मूल्य

2.18K
shares

काठमाडौं, १६ साउन । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४६ हजारमा कारेबार भएकोमा बुधबार बढेर १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कारोबार भएकोमा बुधबार बढेर चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ