बाढीले बल्खुको कृषि तथा तरकारी बजारमा करिब ३ करोडको क्षति
वि.सं.२०८१ साउन १६ बुधवार १३:३२
shares

काठमाडौं, १६ साउन । बल्खुमा बाढीले कृषि तथा तरकारी बजारमा करिब ३ करोडको क्षति भएको छ ।
बाढी पस्दा बजार परिसरमा रहेको ५ किराना पसलबाट १ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको खाद्यान्न र मरमसला बगेर क्षति भएको छ । दर्जनौं तरकारी पसलबाट १ करोड रुपैयाँबराबरको ताजा तरकारीसमेत खोलाको बाढीले बगाएको छ ।
बाढी बजारमा पस्नुअघि विभिन्न जिल्लाबाट उक्त बजारमा तरकारी भित्रिएको थियो । तरकारी बिक्री हुन नपाउँदै सबै बाढीले बगाएको छ ।
पसलमा भएको टेबल, कुर्सी, जोख्ने मेसिन पनि बगाएको छ । यस्तै कम्पाउण्ड वाल भत्काउनुका साथै १० वटा तरकारी बोक्ने ठूलो ट्रक र २० वटा मोटरसाइकल पनि बगाएको छ ।
बजारमा पुगेको क्षतिको बारेमा स्थलगत जानकारी लिन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी बल्खु बजार जाँदै छन्



















