Dhulikhel Eco Banner new

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

2.8K
shares

काठमाडौं, १८ साउन । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

त्यस्तै आइतबार बैंक तथा वित्तीय संस्था, विद्यालय तथा सरकारी कार्यालयहरू बन्द हुने भएकाे छ। साताकाे पहिलाे दिन, शेयर काराेबार पनि बन्द हुनेछ ।  साेमबार मात्र शेयर बजार खुल्नेछ ।