मन्त्रीपरिषदमा मन्त्रीहरुको संख्या २५ पुग्यो
वि.सं.२०८१ साउन १८ शुक्रवार १६:४५
shares

काठमाडौं, १८ साउन । शुक्रबार राज्यमन्त्रीमा तीन जना नियुक्त भएका छन् । नव नियुक्त राज्यमन्त्रीहरुमा अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङ रहेका छन् । नियुक्त गरेसँगै केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ ।
जसमध्ये संस्कृति पर्यटन तथा नागरिक उड्डयनको अरुणकुमार चौधरीले, वन तथा वातावरणको रुपा विकले र ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको पूर्णबहादुर तामाङले जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरी मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्न तोकेका हुन् ।
२०८१ असार ३१ गते गठित मन्त्रीपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् । तीन राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रीपरिषदमा मन्त्रीहरुको संख्या २५ पुगेको छ ।



















