संस्थागत लगानीकर्ताले २० करोडभन्दा बढि शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने
वि.सं.२०८१ साउन १८ शुक्रवार १६:५८
shares

काठमाडौं, १८ साउन । संस्थागत लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट २० करोडभन्दा बढि शेयर धितो कर्जा लिएर शेयर बजारमा लगानी गर्न पाउने भएका छन् । शुक्रबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाइएको २० करोडको क्याप खारेज गर्ने निर्णय गरेको थियो। त्यसैको कार्यान्वयनको लागि केन्द्रीय बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो।
राष्ट्र बैंकको निर्देशन अनुसार संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जामा क्याप लाग्ने छैन। यसले संस्थागत लगानीकर्तालाई ठूला कर्जा लिएर बजारमा लगानी गर्ने बाटो खुलेको छ।
जारी गरेको परिपत्रमा भनिएको छ, कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुने छैन ।



















