Dhulikhel Eco Banner new

‘लघुवित्तका पिता’ले गर्ने भए बंगलादेश सरकारको नेतृत्व

5.5K
shares

काठमाडौं, २३ साउन । लघुवित्तका पिता भनेर चिनिने नोवेल पुरस्कार विजेता डा. मोहोम्मद युनुसले बंगलादेशको कार्यकारी नेतृत्व गर्ने अवसर पाउने भएका छन् । बंगलादेशमा भएको पछिल्ले घटनाक्रम पछि विद्यार्थीहरुले अन्तरिक सरकारको नेतृत्व युनसलाई गर्न दिनु पर्ने माग राखेका थिए ।

सुरुमा बंगलादेशका सेना प्रमुखले नै अन्तरिम सरकारको नेतृत्व लिने तयारीमा थिए । विद्यार्थीहरुले सेना प्रमुखलाई सरकार प्रमुखको रुपमा स्वीकार नगर्ने भएपछि युनुसले अन्तरिक सरकारको नेतृत्व गर्ने भएका हुन् । बंगलादेशका राष्ट्रपतिले युनुसलाई अन्तरिक सरकारको नेतृत्व दिने घोषणा नै गरिसकेका छन् ।

लघुवित्तको बंगलादेशी मोडललाई सफल मानिन्छ । डा. युनुसले नै लघुवित्तको अवधारणा सुरु गरेका थिए । सोही अवधारणा अनुसार नै नेपालमा पनि अहिले लघुवित्त वित्तीय संस्थाहरुले सेवा दिइरहेका छन् ।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !