Dhulikhel Eco Banner new

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको बिहिबार पोस्टमार्टम गरिंदै

2.74K
shares

काठमाडौं, २४ साउन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव त्रिवि शिक्षण अस्पतालमा ल्याएको छ ।

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिंदैछ । शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।