Dhulikhel Eco Banner new

हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

4.12K
shares

काठमाडौं, २४ साउन । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले बिहिबार (साउन २४ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाई बाँकी सबै रकम बैंकहरुको लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !