Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा ६.७० अंकको वृद्धि

3.35K
shares

काठमाडौं, २४ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा ६.७० अंकको वृद्धि भएको छ । यसदिन नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा बन्द भएको छ । बिहीबार अन्तर दिनको कारोबारमा पटक–पटक २८ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।

अन्तरदिनको कारोबारमा नेप्से २८ सय ११ विन्दुसम्म पुगेको थियो। २८ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा नेप्से पुनः ओरालो लागेको हो। यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनमा बढेको छ। बुधबार १७ अर्ब ९५ करोड रूपैयाँको शेयर कारोबार भएकोमा आज २० अर्ब ७ करोड रूपैयाँको भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १२ करोड रूपैयाँ वृद्धि आएको हो यस दिन ३२२ वटा धितोपत्रको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भएको हो।बिहीबार ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ।

यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्टको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

याे पनि पढ्नुहाेस् : ८० लाख हिनामिनामा उपासना पौडेलको संलग्नता

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन महाभारत !

यस्तै, एनआरएन इन्फ्रास्टक्चरको मूल्य सर्वाधिक ८.०४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९९९ रूपैयाँ ६० पैसामा झरेको छ। १०५ सानिमा बैंक डिबेन्चरको मूल्य ७.६९ प्रतिशतले घटेको छ। उक्त बैंकको प्रति डिबेन्चर मूल्य एक हजार ४४ रूपैयाँ कायम भएको छ। बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७०१ रूपैयाँ ८० पैसामा १ अर्ब २० करोडको शेयर कारोबार भएको छ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९५९ रूपैयाँमा १ अर्ब ७ करोड रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ कम्पनीको परिसूचक बढेको छ भने बाँकी सात कम्पनीको परिसूचक घटेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।