Dhulikhel Eco Banner new

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ५० प्रतिशत बढ्यो

2.85K
shares

काठमाडौं, ३० साउन । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ४४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.९४ प्रतिशत र कुल आम्दानी ४४. १४ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५६.६० प्रतिशत बढेको छ भने कुल खर्च ३७.४४ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ।

इन्स्योरेन्सको आम्दानी ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.६५ गुणा रहेको छ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ।