Dhulikhel Eco Banner new

सिटिजन्स बैंकका हजुरको प्रगतिको सहयात्री भिडियोका विजेतालाई पुरस्कार प्रदान

4.17K
shares

काठमाडौं, २ भदौ । विगत १८ वर्ष देखी अनवरत रुपमा सर्वसाधारणलाई गुणस्तरिय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस  र हजुरको प्रगतिको सहयात्री नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन्।

उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार पचाँस हजार, तिस हजार र बिस हजार प्रदान गरेको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकैनै महत्वपूर्ण हुने कुरा उनिहरुले आ आफ्नो भिडियो मार्फत दर्शाएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।