Dhulikhel Eco Banner new

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

2.93K
shares

काठमाडौं, ३ भदौ । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख १५ हजार ३८० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १४५ रूपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।