पोखरीमा डुबेर एक बालकको मृत्यु
वि.सं.२०८१ भदौ ८ शनिवार १६:२९
3.8K
shares
shares

काठमाडौं, ८ भदौ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
६ वर्षीय अङ्कित साह घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए ।
















