सुनको मूल्य स्थिर रहदा बढ्यो चाँदीको मूल्य
वि.सं.२०८१ भदौ ११ मंगलवार ११:००
2.07K
shares
shares

काठमाडौ, ११ भदौ । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थिर रहेको हो ।
सोमबार तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कारोबार भएको सुन मंगलबार पनि तोलामा १ लाख ५२ हजार ३ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार चादीँको मूल्य पनि १० रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८५० रुपैयाँमा कायम भएको छ ।



















