सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ भदौ १८ मंगलवार १६:२०
shares

काठमाडौं, १८ भदौ । मंगलबार सामान्य अंकले बढेको शेयर बजारमा ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यो पनि हेर्नुस : शेयर बजारमा सामान्य वृद्धि
सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँ बारोबार भएको छ भने गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सानिमा रिलायन्स लाइफ २८ करोड २६ लाख रुपैयाँ कारोबार भएको छ भने अपी पावर २६ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, हिमालयन रिइन्स्योरेन्स २५ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ ।


















