महासंघ र ट्रेड युनियनबीच फोरम स्थापना
वि.सं.२०८१ भदौ १९ बुधवार १०:५२
shares

काठमाडौं, १९ भदौ । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा २०८१/८/१३ मा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।
बैठकमा जेटियुसिसिका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसीरमा भएको समझदारी पत्र समिक्षा गर्नका साथै आगामी दिनहरुमा आउन सक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने, सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ वढाउदै जान पर्ने जरुरी रहेको बताए ।
यस्तै जिइएफओएनटिका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि वचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्धिपक्षिय समझदारी गरिएको बिषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी बढन जरुरी रहेको कुरा बताए ।
महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मंसीरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने र दुवै पक्षको सहमतिमा क्षेत्रगत, उत्पादकत्व लगायतका आधारमा न्यूनतम पारिश्रमिक निर्क्योल गरिनु पर्ने विषयमा छलफल बैठक आयोजना हुन पर्ने कुरालाई जोड दिए ।
साथै, दुइपक्षिय रूपमा समाधान हुनसक्ने कुनै पनि समस्याहरु सरकारमा जानु भन्दा अगाडी दुई पक्षका बीच छलफल हुनका साथै अन्तरास्ट्रिय अभिसन्धीहरु पास गर्ने सम्बन्धमा द्धिपक्षीय छलफल जरुरी रहेको बिषयलाई जोड दिईएको थियो ।


















