Dhulikhel Eco Banner new

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

4.85K
shares

काठमाडौं, २ असोज । मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई  पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित धादिङका प्रकाशचन्द्र दाहाल र बाग्लुङका जीवन पाण्डेविरुद्ध पनि पक्राउ गर्न अनुमति दिएको छ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। प्रहरीको साईबर ब्युरोले प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ। प्रसाईलाई पक्राउ गर्ने तयारी भइरहेको छ।