Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.45K
shares

काठमाडौं, ६ असोज । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.५८ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएको छ । यसदिन १३८ कम्पनीको शेयर मूल्य बढेको छ र ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ ।

कारोबार रकम भने घटेर ५ अर्ब ९ करोडमा झरेको हो । यसदिन रावा उर्जा डेभलबमेन्टको लगानीकर्ताले सर्वाधिक गुमााएका छन् । उक्त कम्पनीको ८.६५ प्रतिशतका दरले घटेको छ । यसदिन स्वरोजगार लघुवित्तको ७.४२ प्रतिशतका दरले घटेको छ ।

यसदिन एनआईसी एशिया सन्तुलित कोषको ६.६४ प्रतिशतका दरले घटेको छ भने कालिका लघुवित्तको ५.५२ प्रतिशतका दरले घटेको छ । साथै सहस उर्जा ४.४२ प्रतिशतका दरले घटेको छ ।