Dhulikhel Eco Banner new

कर्जा सूचना केन्द्र भनेको के हो ?

3.93K
shares

काठमाडौं, ११ कात्तिक ।  केटिएम भ्वाइसले वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयहरुमा जानकारी दिने उद्देश्यका साथ विभिन्न विषयमा जानकारी दिदै आएको छ । आजको भागमा कर्जा सूचना केन्द्रको विषयमा कुरा गर्ने छौँ ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न उद्देश्यका साथ कर्जा सूचना केन्द्रका स्थापना गरिएको हो । नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो । ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहितको तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ ।

यो पनि पढ्नुहोस् : कमजोर नेतृत्वले थलिदै हिमालयन रि, बीमा दावी दिन समेत महाभारत  !

कुनै एक बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालोसूचीमा पर्दछ । कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आगामी दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा सुविधामा बन्देज हुन सक्छ । यसबाट कुनै एउटा बैंक वा वित्तीय संस्थाको ऋण रकम नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा पाउन सक्दैन्।
कालोसूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सुविधा समेत नपाउन सक्छ ।

वित्तीय साक्षरता : ४

राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा