Dhulikhel Eco Banner new

३७.१३ अंकले वृद्धि भएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.78K
shares

काठमाडौं, २१ असोज । सोमबार शेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । ३७.१३ अंकले वृद्धि भएको शेयर बजारमा इष्टर्न हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १० प्रतिशतको दरले घटेको छ ।

यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका छन् भने वीन नेपाल लघुवित्तका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.०७ प्रतिशतका दरले गुमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले ३.७६ प्रतिशतका दरले गुमाएका छन् ।