Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.43K
shares

काठमाडौं, २ मंसिर । आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.९८ अंकले बढेर २,७५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ र ६ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ११ अर्ब ७२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा समृद्धि फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन मकर जितुमाया सुरी हाइड्रोपावरको लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् भने बेष्ट फाइनानस्का लगानीकर्ताले ५.५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै ग्लोबल आइएमइ ब्यालेन्स फण्डका लगानीकर्ताले ५.०४ प्रतिशतका दरले गुमाएका छन् ।