Dhulikhel Eco Banner new

लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

2.5K
shares

काठमाडौं, ३ मंसिर । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउँनेछन्। शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।