Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले वृद्धि, घट्यो कारोबार रकम

1.82K
shares

काठमाडौं, ५ मंसिर । बुधबार शेयर बजारमा सामान्य अंकले बढेको छ । शेयर बजार ९.०९ अंकले बढेर २,७११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ र ११ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ७ अर्ब ९ करोडको कारोबार भएको हो ।

शेयर बजारमा कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलभर, सप्तकोशी विकास बैंक र महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ५ कम्पनीको कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।