Dhulikhel Eco Banner new

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा छुट

2.51K
shares

काठमाडौं, ६ मंसिर । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।

एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।

छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्ने छ भने उक्त छुट जहाजको सिटअनुसार पहिले आउनेलाई प्राथमिकताको आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।