पत्रकार धम्काउनेलाई कानूनी कारबाही गर्न महासंघको ध्यानाकर्षण
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १३:१७
shares

काठमाडौं, ७ मंसिर । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका महासचिव तथा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई फोनबाट धम्की आएपछि महासंघले आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर धम्की आएपछि महासंघका केन्द्रीय महासचिव रोसन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै सम्पादक आचार्यलाई धम्काएको घटनाप्रति आपत्ति जनाएका हुुन् ।
समाचारको विषयमा चित्त नबुझे सम्बन्धित संस्थाबाटै खण्डन छपाउन सकिने व्यवस्था छ । त्यति पनि भएन प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने व्यवस्था छ । तर समाचारको विषयलाई लिएर धम्की आएपछि महासंघले आपत्ति जनाउदै यस्ता धम्की दिनेलाई कानूनी कारबाही हुनुुपर्ने बताएको छ ।
त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख डा. कुन्दन अर्याल विरुद्धमा अख्तियारमा उजुरी परेपछि केटिएम भ्वाइसले उजुरी दर्ता भएको प्रमाणसहित समाचार प्रकाशन गरेको थियो । समाचारमा फोन गरेर धम्काउने व्यक्तिको नाम भने लेखिएको छैन । हाजिरी नपुगी उतिर्ण हुने विद्यार्थी भनेर उजुरीकर्ताले उजुरीमा भने उनको नाम लेखेको पाइएको छ ।
‘चोरको खुट्टा काट भन्दा फुत्त खुट्टा उचाल्ने शैलीमा’ विभुषा पोखरेल भन्ने व्यक्तिले फोन गरेर धम्की दिएकी हुन् । उता यस विषयमा विभागीय प्रमुख अर्यालले भने कतिपय कुरा आफ्नो अधिकार क्षेत्र भित्रको भएको दावी गर्दै आफ्नो थप प्रतिक्रिया नरहेको केटिएम भ्वाइससँग बताएका छन् ।
हेर्नुस् महासंघको विज्ञप्ति :



















